पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो
२०७१ मंसिर १६ गते १९:३७ मा प्रकाशित
१६ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
स्वचालित मूल्य प्रणाली अनुसार नियमले पेट्रोलको मूल्य २ रुपैयाँ ५० पैसा घटाएको हो । यस्तै डिजेल र मटि्टतेलको मूल्य २ रुपैयाँ घटाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२३ रुपैयाँ कामय भएको छ । नयाँ मूल्य मंगलबारराति १२ बजेबाट लागू हुने नियमका कार्यकारी निर्देशन चण्डिकाप्रसाद भट्टले अनलाइनखबरलाई जानकारी दिए ।
स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थ मूल्य निरन्तर घटिरहेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/12/213490/#sthash.7rzMDYOy.dpuf


0 comments
Write Down Your Responses