२४ हजार रुपैयाँमा बनेको यो हो विश्वको सबैभन्दा सानो कार

२४ हजार रुपैयाँमा बनेको यो हो विश्वको सबैभन्दा सानो कार
 
२०७१ मंसिर २० गते
२३ इन्च लामो तथा १४ इन्च चौडाइको कार, त्यो पनि मान्छे चढेरै हिड्न मिल्ने । विश्वमा अहिलेसम्मकै सबैभन्दा सानो आकारको कार बनाएर चीनका एक व्यक्तिले किर्तिमान कायम गरेका छन् ।
चीनको सांघाइकी ६० वर्षीय जु झियुनले आफ्नै घरमा यो मिनी माइक्रो कार निर्माण गरेका हुन् ।
आकारमा निकै सानो, खेलौनाजस्तै देखिएपनि यो कार पूर्णरुपमा चालु हुन्छ । यसमा पेट्रोल इन्जिनका साथै ब्रेक, गियरबक्स, बत्ती, हर्न तथा साउण्ड सिस्टम समेत राखिएको छ ।
उनलाई यो कार बनाउन झण्डै दुइ वर्षको समय लागेको थियो । यो कार बनाउन उनले झण्डै २४ हजार रुपैयाँ बराबरको रकम खर्चेका थिए ।
व्यस्त ट्राफिकका बीच पनि जु ले आफ्नो यो किर्तिमानी घरेलु कार गुडाएर हिँड्छन् । साँच्चीकै यो कार चलाएर हिँड्दा कुनै खेलौना गुडाएजस्तो देखिन्छ । कारको सिट बडी भन्दा बाहिर राखिएको छ भने स्टेरिङ पनि बाहिरै छ । उनले यो गाडी चढेर सडकमा हिँड्दा धेरैले अचम्म मानेर हेर्छन् ।
Source: http://www.onlinekhabar.com/

,

0 comments

Write Down Your Responses

Powered by Blogger.