पैसा होइन औषधि झार्ने एटिएम

पैसा होइन औषधि झार्ने एटिएम
२०७१ मंसिर १६ गते ११:४५ मा प्रकाशित

एटिएम अर्थात् आफूलाई चाहिएको बेला कार्ड छिरायो अनि पैसा निकाल्ने अत्याधुनिक कम्प्युटराईज्ड प्रविधि । यसको नामैले यो पैसा झार्ने मेसिन भन्ने बुझाउँछ । तर अब एटिएम मेसिनले पैसा मात्र होइन औषधि समेत झार्ने भएको छ ।

हाम्रै छिमेकी मुलुक भारतमा औषधि निकाल्ने एटिएम स्थापना गरिने भएको छ ।

भारतका ग्रामीण इलाकाहरुमा हेल्थ एटिएम स्थापनाका लागि राज्य सरकारहरुले काम गरिरहेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सरकारी-निजी साझेदारीमा यस्ता औषधि झार्ने एटिएम स्थापना गरिनेछ । स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था दी विस इण्डिया फाउन्डेसनले यो परियोजना छिटै सुरु गर्ने तयारी गरिरहेका छन् ।

राजस्थानमा यो परियोजनाको सुरुवात आगामी जनवरी महिनाबाटै हुनेछ । उडिसा तथा मध्यप्रदेशमा औषधि झार्ने एटिएम निर्माण परियोजना सुरुवातको काम अन्तिम चरणमा पुगेको बताइएको छ । अन्य राज्यमा पनि गैरसरकारी संस्थाहरुले सरकारसँग कुराकानी गरिरहेका वन इन्डिया नामक वेबसाइटले जनाएको छ ।

यस्ता हेल्थ एटिएममा औषधिका साथै चिकित्सा सामाग्री समेत राखिनेछ ।
Source:http://www.onlinekhabar.com/2014/12/213347/

0 comments

Write Down Your Responses

Powered by Blogger.