हिन्दुराष्ट्र विनाको संविधान कुनै हालतमा स्वीकार नगर्ने - नेता विष्ट ।।

मोहन पौडेल/रेडियो परासी, १७ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका केन्द्रीय सह अध्यक्ष केशर बहादुर विष्टले हिन्दुराष्ट्र विनाको संविधान कुनै हालतमा स्वीकार नगर्ने बताउनुभएको छ । राप्रपा नेपालले आयोजना गर्न थालेको सनातन हिन्दुराष्ट्र कायमका लागि पशुपतिनाथ संकलल्प रथयात्राको जानकारी दिन नवलपरासीको परासीमा आउनुभएका पुर्व मन्त्री समेत रहनुभएका नेता विष्टले राप्रपा नेपाल हिन्दुराष्ट्र कायमका लागि जस्तोसुकै मुल्य चुकाउन तयार रहेको दावि गर्नुभयो ।
धर्मनिरपेक्ष राष्ट्र हुदाँ पैसाको खोलो बगाएर धमाधम हिन्दुधर्मलाई परिवर्तन गरिएको भन्दै हिन्दुराष्ट्र कायमका लागि स्थानीय तवरबाट पनि सहयोग गर्न उहाँले सवै हिन्दु संघ संस्था तथा धर्मावलम्वीहरुलाई आह्रवान पनि गर्नुभयो । यस्तै राप्रपा नेपालका केन्द्रीय सदस्य एवँ पुर्व मन्त्री निरन्जन थापाले हिन्दुराष्ट्र विनाको संविधान जारी भए देशव्यापी रुपमा सवै हिन्दुधर्मावलम्वीको सहयोग लिएर आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनि दिनुभयो ।
राप्रपा नेपालकै लुम्वीनि अन्चल संयोजक एवँ पुर्व मन्त्री प्रकाश चित्रकारले राप्रपा नेपालले लिएको हिन्दुराष्ट्रको अवधारणामा अहिले अन्य ठुला दल पनि आउन थालेको भन्दै हिन्दुराष्ट्र कायम हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो । राप्रपा नेपाल नवलपरासीका अध्यष ओम बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका उपाध्यक्ष घनश्याम अधिकारी, सचिव जिवन केसी, क्षेत्र नं. ४ का अध्यक्ष विजय यादव, पुरुषोत्तम ज्ञवाली, मनोज सिंह लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।
Source:- http://radioparasi.org/

0 comments
Write Down Your Responses