गुगलले आफ्ना सेवाको बालमैत्री संस्करण बनाउने
गुगलले आफ्ना सेवाको बालमैत्री संस्करण बनाउने
मंसिर १८ – गुगलले आफ्ना केही चर्चित सेवाको बालमैत्री संस्करण बनाउने भएको छ । १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरि गुगलले आफ्ना केही चर्चित सेवाको बालबालिका मैत्री संस्करण बनाउने तयारी गरिरहेको गुगलको इन्जिनियरिङ विभागका उपाध्यक्ष पभनी दिवानजीले जानकारी दिनुभयो ।
उपाध्यक्ष दिवानजीले कुन कुन सेवाको बालबालिका मैत्री संस्करण बनाउन लागिएको हो भन्नेबारे भने केही नबताएको समाचारमा उल्लेख छ । तर गुगलक्रोम, गुगल सर्च इन्जिन तथा यु ट्युवलाई बालमैत्री बनाउने र सन् २०१५ को सुरुवातबाट बजारमा ल्याउने अनुमान गरिएको छ ।
धेरै बालबालिकाले अहिले नै गुगलका धेरै सेवा प्रयोग गरिरेहकोले उनीहरुलाई लक्षित गरि तिनै सेवाको बालबालिका संस्करण ल्याउन लागिएको गुगलले जनाएको छ ।
–एजेन्सिको सहयोगमा
Source: www.unn.com.np




0 comments
Write Down Your Responses