सरकारलाई सर्वोच्चको आदेश : शीतलहरबाट कसैको ज्यान नजाओस्

सरकारलाई सर्वोच्चको आदेश : शीतलहरबाट कसैको ज्यान नजाओस्

१८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले शीतलहरका कारण तराईका जनताले अकाल मृत्युवरणसमेत खेप्नुपर्ने अवस्था आउन नदिन ठोस उपाय अवलम्बन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीशयद्वय गिरीशचन्द्र लाल र चोलेन्द्रशम्शेर राणाको इजलासले बिहीबार जारी गरेको आदेशमा भनिएको छ-‘जलवायु परिवर्तनाका कारण शीतलहर चली तराईमा बसोबास गर्ने गरिब जनताले दुःख पाउनाका साथै मृत्युवरण खेप्नुपरेकाले नेपाल सरकारले आवश्यक गृहकार्य गरी ठोस उपाय अवलम्बन गर्नू ।’

जुरी नेपालका अध्यक्ष अधिवक्ता माधवकुमार बस्नेतले गत पुसमा त्यससम्बन्धी रिट दायर गरेका थिए ।
 
Source:- http://www.onlinekhabar.com

0 comments

Write Down Your Responses

Powered by Blogger.